१९ साउन २०८२
काठमाडौं- अन्ततः मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेश बमोजिम पुपक्षका लागि थुनामा पठाइएका प्रसाईलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएसँगै उनी छुटेका हुन्।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै २८ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो ।
यस्तै तीनकुने घटनाका अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग ५०–५० हजार रूपैयाँका दरले धरौटी माग गरेको छ । यस्तै डण्डपाणि रेग्मीलाई १० हजार रूपैयाँ धरौटीमा छाडिएको छ ।
जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो। तीमध्ये गोकर्ण शाही, केसव बस्नेत र कुमार तामाङबाहेकका ४ जना जिल्लाको आदेश बदरको माग गर्दै उच्च अदालत पुगेका थिए। शाही, बस्नेत र तामाङ भने डिल्ली बजार कारागारमा छन्। गत चैत १५ गते तीनकुने घटना ३२ जनालाई भने त्यतिबेलै जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो।
यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि जिल्ला अदालतले भनेको थियो। आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया