२५ भदौ २०८२
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको जनाएको छ ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने सूचनामा उल्लेख छ ।
विमानस्थल बन्द रहेको अवस्थामा यात्रुहरूलाई विमानस्थल नआउन र विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्रै आउन अनुरोध गरिएको छ । कार्यालयले यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया