१० चैत २०८२
काठमाडौं- फागुन २१ को चुनावमा लजास्पद हार बेहोरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पद पूर्व माओवादी नेता रामबहादुर थापा बादलले खोस्ने भएका छन् । ओली पराजित भएसँगै पार्टी संसदीय दलको नेतामा बादलले बाजी मार्ने सम्भावना बलियो बनेको छ । यद्यपी यो विषयमा एमालेले अन्तिम टुंगो लगाइसकेको छैन् ।
यसअघि संसदमा एमालेले प्रत्यक्षतर्फ निर्वाचित नेतालाई दलको नेता र प्रमुख सचेतक बनाउने गरेको थियो । तर, यसपालि यही परम्परालाई निरन्तरता दिन सहज छैन । प्रत्यक्षमा चुनाव जितेकाहरू पार्टीको वरियतामा धेरै तल रहेकाले परम्परा तोडिन सक्ने अवस्था देखिन्छ । प्रत्यक्ष जितेकामध्ये दार्चुलाबाट निर्वाचित गणेशसिंह ठगुन्ना पार्टी वरियतामा अगाडि हुन् । उनीपछि धनकुटाका राजेन्द्र राई छन् । तर संसदीय दलको नेतामा उनीहरूको चर्चा छैन ।
पार्टी स्रोतका अनुसार समानुपातिकतर्फ निर्वाचित वर्तमान उपाध्यक्ष रामबहादुर थापा बादल, निवर्तमान उपाध्यक्ष गुरुप्रसाद बराल, सचिव पद्मा अर्याल र लेखा आयोग अध्यक्ष डा। पुष्पराज कँडेलमध्ये एकलाई दलको नेता बनाउने मनस्थितिमा एमाले नेतृत्व देखिन्छ । त्यसमा पनि उपाध्यक्ष बादलको सम्भावना बलियो बनेको छ । किनकी ओलीले नै बादललाई बनाउनु पर्ने धारणा पार्टीको आन्तरिक बैठकमा राख्दै आएका छन् ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेललगायतका केहि नेताहरु भने बादललाई संसदीय दलनको नेता बनाउन नहुने लविङमा छन् । बादल दलको नेता बन्दा एमाले नै पूर्व माओवादीको हातमा पुगेको सन्देश जाने भन्दै उनीहरुले ओलीलाई कन्भिन्स गराउने प्रयत्न गरिरहेका छन् । तर, ओली अहिलेसम्म बदलकै पक्षमा रहेको स्रोतको दाबी छ ।
बहाल रहेको केन्द्रीय कमिटीमा बादल दोस्रो पटक उपाध्यक्ष भएका हुन् । उनी संयुक्त जनमोर्चा, माओवादी, वैद्य समूह हुँदै अहिले एमालेमा छन् । कम्युनिष्ट आन्दोलनमै दलबदल हुँदा इतिहासले निरन्तरता पाउने प्रावधान अनुसार उनी एमाले पृष्ठभूमिका अन्य वरिष्ठ नेताको ज्येष्ठतामा बराल र कँडेलजत्तिकै हुन् ।
प्रत्यक्षबाट निर्वाचित सांसदलाई प्रमुख सचेतक, सचेतक र प्राप्त हुने संसदीय समितिको सभापतिसम्म बनाउने चर्चा एमाले नेतृत्वमा चलेको छ । यसमध्ये बझाङबाट निर्वाचित सांसद ऐनबहादुर महर र इलाम २ का सुहाङ नेम्बाङ चर्चामा छन् । पार्टी अध्यक्ष ओली भने यी दुबैका विषयमा त्यति सकारात्मक नभएको बुझिन्छ ।
ऐन टिकट वितरणमै उपेक्षित थिए । ओलीले पहिला अफिलाल उखेडालाई टिकट दिएका थिए । पछि ऐनले हात पारे । सुहाङ पनि पार्टीको महाधिवेशनमा सुरुमा ओलीको प्यानलभित्र अटाउन सकेका थिएनन् । तर, विरोधपछि उनलाई प्यानलमा समावेश गरिएको थियो । उनी पार्टीको युवापङ्ति र बाहिर पनि लोकप्रिय छन् । एमालेका नेताहरू सुहाङ वा ऐनमध्ये एक जनालाई प्रमुख सचेतक बनाउनुपर्ने पक्षमा देखिन्छन् । उनीहरू दुवै नहुँदा संसदीय अनुभवमा पुराना मानिने गणेशसिंह ठगुन्ना, राजेन्द्र राईको सम्भावना बलियो हुने एमाले नेताहरूको भनाइ छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया