१० मंसिर २०८२
काठमाडौं- अध्ययन भिसामा नेपाल आएर भिसा उदेश्य विपरीत बसेका विदेशी नागरिकहरूमाथि अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ ।
अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुन बर्जित गरेका क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको खुलेको छ ।
अध्ययन भिसा नपाउनेहरुलाई अध्ययन भिसाका लागि सिफारिस गरेको देखिएपछि अध्यागमनले एक सूचना जारी गरी शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न भनेको छ।
अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरुले नियमित रुपमा कक्षामा सहभागी नहुने गरेको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गर्ने गरेको, कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसेको पाइएको अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी टिकाराम ढकालले बताए।
कतिपय विदेशी नागरिकहरु गैह्रकानूनी क्रियाकलापमा समेत संलग्न रहेको पाइएकाले त्यस्को सूचना प्रहरी तथा स्थानीय निकायमा दिन समेत शैक्षिक संस्थाहरुलाई अध्यागमनले अनुरोध गरेको छ।
विदेशी नागरिकलाई अध्ययन गराउने सबै शैक्षिक संस्था अनुगमन गर्न शिक्षा मन्त्रालय, विदेशी नागरिकहरुको गतिविधि अनुगमन गर्न ७७ वटै जिल्ला अनुगमन समितिलाई समेत अध्यागमन विभागले अनुरोध गरेको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया