३० साउन २०८२
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताए ।
नेपाल सरकार, नेपाली नागरिक, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनै पनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने उनको भनाई छ । यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताएका छन् ।
मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म मानव मस्तिष्क भन्दा ठूलो कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै कृतिम बुद्धिमत्ता एआईसँग नडराउन आग्रह गरे ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया