०१ असोज २०८२
काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र घरेलु टोली यूएई खेल्दै छन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘ए’ अन्तर्गत पाकिस्तान र यूएईको समान दुई खेलमा दुई अङ्क छ ।
नेटरनरेटका आधारमा पाकिस्तान दोश्रो र यूएई तेश्रो स्थानमा रहेको छ । दुवै टोलीलाई सुपर फोरमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ । अहिलेसम्मका कुनै पनि खेल जित्न नसकेको ओमान तालिकाको पुछारमा छ ।
आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया