०३ भदौ २०८२
काडमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार विराटनगरस्थित नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको छ। उनी सोमबार नै विराटनगर आइपुगेकी थिइन् भने आज दिउँसो पान्चालीस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
तर, भण्डारीको कार्यक्रमलाई लिएर एमालेभित्र विवाद देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त कार्यक्रममा असहयोग देखाउँदै कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको छ। ओली पक्षले पार्टीले कुनै औपचारिक कार्यक्रम तय नगरेको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई सचेत गराएको छ।
एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत कुनै कार्यक्रम नराखिएको स्पष्ट पार्दै कार्यकर्तालाई भ्रममा नपर्न आह्वान गरेका छन्।
यसैबीच, भण्डारी निकट नेताहरूले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेताहरूले कार्यकर्तालाई फोन गरेर कार्यक्रममा सहभागी नहुन दबाब दिएको आरोप लगाएका छन्। मोरङ र विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको बलियो पकड रहेको बताइन्छ।
यो भेटघाटले एमालेभित्रको गुटबन्दी र आन्तरिक शक्ति संघर्षलाई झनै सतहमा ल्याएको छ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया