२२ माघ २०८२
काठमाडौं - झापाको कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सम्पर्क कार्यालय रहेको घरमा तोडफोड गरिएको छ । घरधनी जयराम अधिकारी सुत्ने कोठामा ढुंगा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार ९माघ २१० राति अधिकारी सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार गरिँदा सामान्य भौतिक क्षति भएको झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । “रातिको समयमा घरधनी जयराम अधिकारी सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार गरेर तोडफोड भएको हो, रास्वपाको सम्पर्क कार्यालय होइन । अन्य क्षति भएको छैन,” उनले बाह्रखरीसित भने ।
झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड
प्रहरीका अनुसार, उक्त घरको एउटा कोठा भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ । अरू कोठामा घरधनी अधिकारीको परिवार बस्दै आएको र तोडफोडका बेला पनि उनीहरू घरमै थिए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ मा रास्वपाबाट पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० उमेदवार छन् । बालेनको प्रचारप्रसार र भेटघाटका निम्ति केही समयअघि सम्पर्क कार्यालय खोलिएको थियो ।
उक्त घरमा तोडफोड गरिनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तोडफोडको खबर प्रहरीसम्म पुगेपछि डीएसपीको टोली घटनास्थलमा पुगेको थियो ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया