२१ पुस २०८२
काठमाडौं -आईटी छात्रवृत्ति कार्यक्रम नेपाल, २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम चरणबाट उत्कृष्ट प्रदर्शन गरेका आठ विद्यार्थी छात्रवृत्तिका निम्ति छानिएका छन् ।
यो अस्ट्रेलियाको रोजगारीमैत्री तालिम कार्यक्रमका रूपमा परिचित छ । टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलिया र नेपाल ट्युबको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
जेहेनदार, मिहिनेती, प्रतिबद्ध एवं आर्थिक सहयोगको आवश्यकता भएका सूचना प्रविधि (आईटी) विषयका विद्यार्थी तथा स्नातकलाई प्रविधि क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता थियो ।
दुई चरणको प्रतिस्पर्धापछि सोफिया तामाङ, विवेक अधिकारी, प्रार्थना मिश्र, पुष्पा सुक्ला, रशम शाही, शिशम श्रेष्ठ, सोनिका रिजाल र सुरेश शाही शीर्ष आठमा छनोट भई आईटी छात्रवृत्ति कार्यक्रम, २०२५ का विजेता बनेका हुन् ।
छानिएका आठ विद्यार्थीले अब टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलियाको अस्ट्रेलियन मापदण्डअनुसारको १६ हप्ते रोजगारीमैत्री तालिम प्राप्त गर्नेछन् । उक्त तालिममा व्यावहारिक अभ्यास, विज्ञ मार्गदर्शन, वास्तविक उद्योगसम्बन्धी परियोजना, रोजगारीका निम्ति आवश्यक तयारी सहयोग समावेश रहनेछ ।
साथै, कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई विद्यार्थीले अस्ट्रेलियन मापदण्डअनुसारको सूचना प्रविधि रोजगारीका निम्ति विशेष सहयोग समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया