१२ भदौ २०८२
काठमाडौं – काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेर बिक्री गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पक्राउ पर्नेमा सर्लाहीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेका ६१ वर्षीय जीवनाथ ढकाल, उदयपुरका २४ वर्षीय विनायक मैनाली र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।
प्रहरी वृत्त गौशालाको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान जारी छ । बयानपछि थुनछेक बहस भई पुर्पक्ष, साधारण तारिख वा धरौटीमा छाड्ने आदेश जारी हुनेछ ।
२३ साउनमा राम शाहीको शव सद्गदका लागि आर्यघाट लगिएको थियो । जीवनाथ र विनायकले शव जलाउने क्रममा टाउकाको हड्डी निकालेर रामनन्दन र मिश्रीलाललाई बिक्री गरेको आरोप छ ।
रामनन्दन, जीवनाथ र विनायकमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १५७(१) अनुसार धार्मिक रीतिमा बाधा पुर्याएको कसुरमा मुद्दा चलाइएको छ । यो कसुरमा एक वर्षसम्म कैद, १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । मिश्रीलाललाई मतियारको रूपमा आधा सजायको माग गरिएको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया