१२ भदौ २०८२
काठमाडौं – काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेर बिक्री गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पक्राउ पर्नेमा सर्लाहीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेका ६१ वर्षीय जीवनाथ ढकाल, उदयपुरका २४ वर्षीय विनायक मैनाली र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।
प्रहरी वृत्त गौशालाको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान जारी छ । बयानपछि थुनछेक बहस भई पुर्पक्ष, साधारण तारिख वा धरौटीमा छाड्ने आदेश जारी हुनेछ ।
२३ साउनमा राम शाहीको शव सद्गदका लागि आर्यघाट लगिएको थियो । जीवनाथ र विनायकले शव जलाउने क्रममा टाउकाको हड्डी निकालेर रामनन्दन र मिश्रीलाललाई बिक्री गरेको आरोप छ ।
रामनन्दन, जीवनाथ र विनायकमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १५७(१) अनुसार धार्मिक रीतिमा बाधा पुर्याएको कसुरमा मुद्दा चलाइएको छ । यो कसुरमा एक वर्षसम्म कैद, १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । मिश्रीलाललाई मतियारको रूपमा आधा सजायको माग गरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया