१७ फागुन २०८२
काठमाडौं - राष्ट्रिय मानव अधिकार कायोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको मानव अधिकार आयोगको निष्कर्ष निकालेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेल विज्ञप्ति निकालेर भनेका छन्, ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ ।’
देशका विभिन्न भागमा र्याली तथा सभाहरुमा बालबालिका सहभागी हुनु, पत्रकारहरुमाथि धम्की तथा कुटपीट हुनु, आचारसंहिता विपरीत भौतिक रुपमा चुनाव चिन्हको प्रयोग हुुनु, विना अनुमति व्यक्तिका घरहरुमा प्रचार सामग्री र झण्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरु निर्वाचनको प्रचारप्रसारमा सहभागी हुनुलाई आयोगले आचारसंहिता उल्लंघनको आधारमा रुपमा प्रस्तुत गरेको छ ।
उम्मेदवारहरूले अनुमतिबिना बढी सवारीसाधन प्रयोग गर्नु, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी एक आपसमा गालीगलौज गर्नु, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नु जस्ता तथ्यहरु पाइएको पनि मानव अधिकार आयोगले जनाएको छ ।
मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा अनुगमन टोलीहरु बनाई ४२ जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरेको छ । आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट खटिएको अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल समेत गरेको थियो ।
अनुगमनपछि आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न सबै पक्षलाई भनेको हो ।
तथापि दलका नेता र उम्मेदवारहरु बिचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारी जस्ता विषयलाई आयोगले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै आयोगले सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन आवश्यक रहेको जनाएको छ ।
आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘समाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशनरप्रसारण नगर्न, शान्ति सुरक्षालाई थप मजबुत बनाउन, संभावित अवाञ्छित गतिविधिहरु हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गरी निर्वाचनलाई मानव अधिकारमैत्री बनाई नागरिकको मानव अधिकारको सम्मान गर्न आयोग नेपाल सरकार लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया