११ चैत २०८२
काठमाडौँ - जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले सरकारलाई बुझाए पनि गोप्य नै राखिएको उक्त प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ जना गरी ८ जना अधिकारीमाथि कारबाहीको सिफारिस गरेको पाइएको हो ।
जनआस्थाले केही अंशसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई कारबाही सिफारिस गरिएको हो ।
त्यस्तै, सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, अर्का सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, र सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई आयोगले कारबाही सिफारिस गरेको हो । उनीहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था देखिन आएको आयोगले उल्लेख गरेको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया