२० भदौ २०८२
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताए ।
आज ललितपुरको गोदावारीस्थित सनराईज हलमा महाधिवेशन उद्घाटन गर्दै उनले केन्द्रीय कमिटीले नै भण्डारीको सदस्यताबारे निर्णय लिइसकेकाले थप छलफल आवश्यक नपर्ने जिकिर गर्नुभएको हो । विधान महाधिवेशनमा विधानसम्बन्धी विषयमात्र एजेण्डामा रहेको ओलीको भनाइ छ ।
‘कसैको सदस्यबारे उठेका प्रश्नहरु विधान महाधिवेशनसँग सम्बन्धित छैनन्, ती प्रश्नहरु कमिटीगत छलफलका विषय हुन्’, भने , ‘सचिवालय, स्थायी कमिटी, पोलिटब्युरोले छलफल गरिसक्यो, गर्दै लानेछ ।’
प्रधानमन्त्री ओली विधान महाधिवेशनमा विधानसम्बन्धी विविध विषयबारे मात्रै छलफल हुने जानकारी पनि गराउनुभयो । अघि थपे , ‘विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ, विषय केन्द्रित भएर यस महाधिवेशनमा प्रस्तुत हुनेछौँ।’
उता पार्टीमा रोक लगाइएकी पूर्वराष्ट्रपति भण्डारीले भने विधान महाधिवेशन प्रतिनिधिहरुलाई एक चिठ्ठी लेख्दै संगठन बलियो बनाउन आवाज उठाउन आग्रह गरे ।
आफूले सदस्यता लिएर पार्टीमा सक्रिय हुन्छु भन्दा पनि नेतृत्वले रोक लगाउने निर्णय गर्नु विधान र संविधान विपरित भएको भन्दै त्यसविरुद्ध सशक्त आवाज उठाउन उनले अपील गरे ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया