०२ चैत २०८२
काठमाडौं- बद्लियो कांग्रेस, बदल्छौ देश भन्दै चुनावमा होमिएको तर चाउरिएको मरिचको हालतमा पुगेको गगन थापा नेतृत्वको नेपाली कांग्रेस पुरानो ढर्राबाट बाहिर निस्किन नसकेको कुरा फेरि प्रमाणित भएको छ । कांग्रेस बद्लियो भन्ने कुरा केवल नारा मात्रै थियो भन्ने कुरा उसले छनोट गरेका समानुपातिक सांसद्हरुको लिष्टले प्रष्ट पारेको छ।
जहाँ सभापति गगन थापा ससुरा अर्जनुनरसिंह केसीदेखि पूर्व राष्ट्रपति रामवरण यादवका छोरासम्मलाई छनोट गरिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत कांग्रेसले आफ्नो भागमा परेको २० सांसदको नाम सिफारिस गरेको छ ।
खस आर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको नाम सिफारिस भएका छन् । केसी सभापति गगन थापाका ससुरा हुन् ।
आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रुनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको नाम सिफारिस गरिएको छ । त्यस्तै, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र डा। चन्द्र मोहन यादवको नाम सिफारिस भएको छ । यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् ।
दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली रहेका छन् । त्यस्तै, थारूबा प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुनको नाम सिफारिस भएको छ।
समानुपातिकमा परेका सांसद्हरुको लिष्टले गगन थापा पनि पदमा पुगेपछि देउवाकै लाइनमा त पुगेका होइनन् भनेर प्रश्न उठ्न थालेको छ ।
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
ई–पासपोर्ट घोटालामा आरजु र जयवीर पनि संलग्न सेटिङमै अर्ब घोटाला, को को तानिदैछन् अनुसन्धानमा ?
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
भूपेन्द्र भण्डारी : प्राधिकरणको पुर्व अध्यक्ष, स्मार्ट सेल लगाएत काण्डै काण्ड छानबिनबाट बाहिर किन ?
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
प्रतिक्रिया