३० पुस २०८२
काठमाडौं - प्रविधिको दुरुपयोग गरी एसएमएसमार्फत् लाखौँ नागरिकलाई बालुवाटार बोलाउने राजावादी अभियन्ता निर्देश सेढाईँ पक्राउ परेका छन् ।
चितवन घर भएका उनलाई प्रहरीले गएराती हात्तिसारबाट नियन्त्रणमा लिएको हो । सेढाईँले केही दिनअघि नेपाल टेलिकमको गेटवेमार्फत् पुष ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन आग्रह गर्दै ५० लाख एसएमएस पठाएका थिए ।
‘नेपालका सबै समस्याहरूको सँधैका लागी मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचनासहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु’ भन्ने व्यहोराको मेसेज पठाएका उनले सो दिन बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय घेराउ गर्ने योजना बनाएको खुलेको छ ।
‘एट अलर्ट’ भन्दै आएको उक्त मेसेज देखेपछि कतिपय एनटिसी प्रयोगकर्ताले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुई दिनको अनुसन्धानपछि सेढाईँले नेपाल टेलिकमको गेटवे दुरुपयोग गरेर आफूखुशी एसएमएस पठाएको खुलेको हो ।
यद्यपि, उनले सर्वसाधारणको नम्बर भएको डाटा कहाँबाट प्राप्त गरे भन्ने खुलेको छैन । एक आईटी विज्ञका अनुसार त्यस प्रकारको डाटा गृह मन्त्रालय र वित्तीय बैंकहरुसँग मात्रै हुन्छ । सेढाईँले कसरी उक्त डाटा प्राप्त गरे भन्नेबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया