०६ असोज २०८२
काठमाण्डौ – दशैँ शुरु भएसँगै काठमाण्डौ उपत्यका र अरू शहरबाट गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । आज दशैँको घटस्थापनासँगै घर फर्कनेको चहलपहल बढेको हो । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैँ बिदा शुरु भइसकेको छ । केही कलेज र विद्यालयहरुले भने फूलपातीको अघिल्लो दिनसम्म नै परीक्षा तालिका राखेका छन् । सरकारी कार्यालयहरु पनि फूलपातीदेखि नै बिदा हुन्छ ।
यसैबीच यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि रुट परमिट अर्थात् अनुमति खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक गाडीलाई भने बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आउँदो असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताएका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया