०६ असोज २०८२
काठमाण्डौ – दशैँ शुरु भएसँगै काठमाण्डौ उपत्यका र अरू शहरबाट गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । आज दशैँको घटस्थापनासँगै घर फर्कनेको चहलपहल बढेको हो । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैँ बिदा शुरु भइसकेको छ । केही कलेज र विद्यालयहरुले भने फूलपातीको अघिल्लो दिनसम्म नै परीक्षा तालिका राखेका छन् । सरकारी कार्यालयहरु पनि फूलपातीदेखि नै बिदा हुन्छ ।
यसैबीच यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि रुट परमिट अर्थात् अनुमति खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक गाडीलाई भने बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आउँदो असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताएका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया