११ भदौ २०८२
काठमाडौं – न्याय सेवा आयोगले न्याय परिषद्, उच्च अदालत र विशेष अदालतका आठ जना सहसचिव ९रजिस्ट्रार० को काज सरुवा गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बल्ल बल्ल कोरम पुर्याएर हिजो बसेको न्याय सेवा आयोगको बैठकले यो सरुवा गरेको हो ।
जसअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई न्याय परिषद् सचिवालयको सहसचिवमा पठाइएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालतको सह–रजिस्ट्रार र सर्वोच्च अदालतका सह–रजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिस्ट्रार बनाइएको छ ।
यस्तै, न्याय परिषद् सचिवालयका सहसचिव अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटनको रजिस्ट्रारमा सरुवा गरिएको छ भने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीलाई सर्वोच्च अदालतको सह–रजिस्ट्रार बनाइएको छ ।
त्यसैगरी, उच्च अदालत दिपायलका रजिस्ट्रार तारादत्त बडूलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज, उच्च अदालत पाटन हेटौंडा इजलासका रजिस्ट्रार रामु शर्मालाई उच्च अदालत पोखरा, र उच्च अदालत तुलसीपुर–नेपालगन्ज इजलासकी रजिस्ट्रार सपना अधिकारीलाई उच्च अदालत पाटन हेटौंडा इजलासमा सरुवा गरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया