०२ भदौ २०८२
काठमाडौं– गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । आइतबार राति राजधानी तेल अभिभको बन्द स्क्वायरमा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ ।
एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए । यस क्रममा दिनभरि करिब ४० जनालाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।
विरोध प्रदर्शनका आयोजकले गाजा सहर नियन्त्रणमा लिने योजनाले हमासद्वारा बन्धक बनाइएका २० जनाको ज्यानलाई खतरामा पारेको बताएका छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने विरोध प्रदर्शनको आलोचना गरेका छन् । उनले भने, ‘यसले हमासको अडानलाई बलियो बनाउँछ र बन्धकहरूको रिहाइ ढिला गराउँछ ।’
७ अक्टोबर २०२३ मा इजरायलमा हमासले आक्रमण गर्दा झन्डै १ हजार २०० जना मारिएका थिए भने २५१ जनालाई गाजामा लगेर बन्धक बनाइएको थियो । त्यसयता इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ६१ हजार ००० भन्दा बढी प्यालेस्टिनी हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया