०२ भदौ २०८२
काठमाडौं– गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । आइतबार राति राजधानी तेल अभिभको बन्द स्क्वायरमा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ ।
एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए । यस क्रममा दिनभरि करिब ४० जनालाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।
विरोध प्रदर्शनका आयोजकले गाजा सहर नियन्त्रणमा लिने योजनाले हमासद्वारा बन्धक बनाइएका २० जनाको ज्यानलाई खतरामा पारेको बताएका छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने विरोध प्रदर्शनको आलोचना गरेका छन् । उनले भने, ‘यसले हमासको अडानलाई बलियो बनाउँछ र बन्धकहरूको रिहाइ ढिला गराउँछ ।’
७ अक्टोबर २०२३ मा इजरायलमा हमासले आक्रमण गर्दा झन्डै १ हजार २०० जना मारिएका थिए भने २५१ जनालाई गाजामा लगेर बन्धक बनाइएको थियो । त्यसयता इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ६१ हजार ००० भन्दा बढी प्यालेस्टिनी हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया