०५ फागुन २०८१
काठमाडौं- एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्क अनुसार एक करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख ६ हजार ६९१ वटा पुगेको हो ।
जसमा एक करोडदेखि १० करोडसम्म १ लाख ७९ हजार १३१ वटा, १० करोड देखि २० करोडसम्म चुक्ता पुँजी भएका १२ हजार १६८ वटा, २० करोड रुपैयाँ देखि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका ५ हजार ६९४ वटा, ३० करोड रुपैयाँ देखि ४० करोड रुपैयाँसम्मका १ हजार ८३३ वटा र ४० करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको ४ हजार ३५२ वटा कम्पनी हरेको छ ।
त्यस्तै, चुक्ता पुँजी ५० करोड रुपैयाँ देखि ६० करोडसम्मको ८१३ वटा कम्पनी रहेका छन् भने ६० करोड रुपैयाँ देखि ७० करोड रुपैयाँसम्मको ५०९ वटा कम्पनी रहको रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्कमा देखिएको छ ।
साथै, चुक्ता पुँजी ७० करोड रुपैयाँ देखि ८० करोडसम्म ४८९ वटा, ८० करोड रुपैयाँ देखि ९० करोड रुपैयाँसम्मको २५१ वटा र ९० देखि १ अर्ब रुपैयाँसम्मको १ हजार ४५१ वटा कम्पनी रहेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।
पब्लिक कम्पनीको सङ्ख्या मात्र १ हजार ४८ वटा रहेको कार्यालयले दिएको तथ्याङ्कमा छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया