२८ साउन २०८२
काठमाडौं- स्विप अप्रेशन भन्दै हल्लीखल्लीका साथ प्रहरीले पक्राउ गरेको गुन्डा नाइके चक्रे मिलन सामान्य धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले ३० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी हिरासतमुक्त भएका हुन् । चक्रेसँगै अभद्र मुद्दा दायर गरिएका अन्य १८ जनालाई पनि धरौटीमा छाडिएको छ ।
बर्थ डे को केक काट्दा काट्दै प्रहरी खोरमा पुगेका गुन्डा नाइके चक्रे मिलनले बयानका क्रममा आफू एमालेको सदस्यको सदस्य भएको र राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय रहेको बयान दिएका थिए । गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट पक्राउ परेका चक्रेले ठूलो संख्यामा युवा भेला गरेर बर्थडे मनाउनु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।
उनले सो अभियोगमा कानून बमोजिम कारबाही भोग्न तयार रहेको बयान दिएका छन् । बयानका क्रममा आफूले कसैलाई धाकधम्की नदिएको र हतियार प्रदर्शन नगरेको दाबी गरेका छन् । यसक्रममा देखाइएका भिडिओ र फोटोहरू सो घटनाभन्दा पहिले अरूकै जन्मदिनमा खिचिएको भन्दै आफू राजनीतिक तथा सामाजिक काममा मात्रै संलग्न रहेको दाबी गरेका छन् ।
बयानमा उनले आफू एमालेको गोर्खा जिल्लास्तरीय सदस्य भई सामाजिक तथा पार्टीका काममा संलग्न रहेको बताएका छन् । आफूसँगै पक्राउ परेका सबैलाई नचिन्ने र विभिन्न सिलसिलामा भेट भएका भाइहरु रहेको बयान उनले सरकारी वकिलसमक्ष दिएका छन् ।
प्रहरीले चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीले केही दिनअघि मुद्दाको अनुसन्धान सकेर चक्रेसहित १९ जनामाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, रोजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम मर्जन, प्रनिस कट्टेल, राजु परियार र सफल भन्ने सुजल शाहीलाई मुद्दा चलाउन राय दिएको थियो ।
त्यसअनुसार नै सबै जनाविरूद्ध मुद्दा दायर भएको हो। प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो। सुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पछि १९ जनालाई मात्रै म्याद थपेर बाँकीलाई छाडेको थियो ।
उनीहरूले सवारीसाधनले सडकमा बाटो कब्जा गरेको, होहल्ला गरी हैरानी दिएको, अश्लिल अपशब्दहरू बोलेको, जन्मदिन मनाउने नाममा आतंकित बनाएको आरोप छ ।
प्रहरीले दुई वटा रड, एउटा खुकुरी र एउटा पेपर–स्प्रे समेत बरामद गरेको थियो। सरकारी वकिलको कार्यालय काठमाडौंमा चक्रे मिलनले बयान दिँदा आफ्नो वास्तविक जन्म मिति २०२९ साउन १४ गते भएको बताएका छन्। तर उनले नागरिकतामा भने साउन १९ राखेको पनि बताएका छन् । आफ्नो जन्मदिन साउन महिनामा पर्ने भएकाले पहिलो सातादेखि नै जन्मदिन मनाइदिन आउनेहरू समर्थकहरू रहेको पनि उनले बयानमा खुलाएका छन् ।
त्यस्तै चक्रे मिलनले साम्बाला होटलमा पनि जन्मदिन मनाउनका लागि ग्राउन्ड फ्लोर र रूफटप बुकिङ गरेका थिए। मध्यराति केक काटेर सबै जना रमाइरहेको बेलामा प्रहरी आएको उनले बताए। त्यही बेला आफ्ना भाइहरूले प्रहरीसँग भनाभन गरेको उनले बयानमा खुलाएका छन् । उनले ठूलो संख्यामा भेला गरी जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु गल्ती भएको पनि बताएका छन् ।
साउन १५ गते प्रहरीले चक्रेसहित ४७ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये १९ जनाविरुद्ध मुद्दा चलाइएको हो । चक्रेलाई पक्राउ गरेको प्रहरीले अन्य गुन्डा नाइकेहरुमाथि पनि निगरानी बढाएको छ । पुराना गुन्डाहरु पुनः सक्रिय भएसँगै प्रहरी सर्च अप्रेशन नै चलाएको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया