०७ साउन २०८२
काठमाडौं- पाँच दिनअघि मात्रै नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गोतमले जिम्मेवारीवारी बिना लामो समयसम्म पार्टीमा बस्न नसक्ने चेतावनी दिएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।
भर्खरै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरे । काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उनले भने, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’ उनले थपे, ‘काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ ।’
गौतमले काम गरी बस्न नसक्ने आफ्नो चरित्र बारे उल्लेख गर्दै उनले भने, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’
वरिष्ठ नेता गौतम पाँच दिनअघि मात्रै आफ्ना दर्जनौ कार्यकर्तासहित माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनलाई पार्टीमा तेस्रो नेताको हैसियत दिएपनि जिम्मेवारी भने दिइएको छैन् । जसलाई लिएर गोतमले असन्तुष्टि पोख्न सुरु गरेका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया