०६ भदौ २०८२
काठमाण्डौ – डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार अहिलेसम्म ३ हजार २ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
पछिल्लो १ हप्तामा २ सय ११ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । त्यसैगरी डेङ्गीको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ ।
कोशी प्रदेशमा ५६८, मधेश प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको डा। दाहालले जानकारी दिनुभयो । पानी पर्ने क्रम निरन्तर रहेकाले आवश्यक सतर्कता अपनाउन उनको आग्रह छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्छ ।
डेङ्गी रोकथामका लागि सरकारले हरेक शुक्रवार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिरहेको छ । सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाले ज्यान गुमाएका थिए । त्यस बेला झन्डै ४२ हजार सङ्क्रमित भएका थिए ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया