२३ असोज २०८२
काठमाडौं - नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल बर्खास्त गरी कारवाही गर्न माग गरेका छन्।
जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने सुनियोजित योजनामा संलग्नता रहेको आरोप लगाउँदै उनले अर्याललाई गिरफ्तार गर्नुपर्ने बताएका हुन् । भदौ २४ को ध्वंसात्मक घटनामा मन्त्री अर्याल चौबिसै क्यारेट स्टेकहोल्डरु भएको बर्तौलाको दाबी छ ।
प्रदर्शनको क्रममा अराजक भीडले देशभरका प्रहरी चौकीबाट हजारौँको संख्यामा हतियार, गोलीगठ्ठा र प्रहरीको बर्दी लुटेका थिए । प्रहरी हेडक्वार्टरका अनुसार अझै पनि १२ सय हतियार फिर्ता भएका छैनन् । लुटिएका हतियार आगामी जुनसुकै प्रदर्शन वा फागुन २१ गते हुने भनिएको निर्वाचनको क्रममा प्रयोग भएमा के होला भन्ने सर्वत्र चिन्ता भैरहँदा बर्तौलाले भनेका छन्, ‘प्रहरीबाट लुटिएका हतियारहरु कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई थाहा हुनुपर्छ ।’
तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले मन्त्री अर्याललाई मुलुकको ऐतिहासिक सम्पदा खरानी बनाउने योजनाका ‘प्रायोजित उत्प्रेरक’ पनि भनेका छन् ।
जेनजीको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन्’, उनले अघि भनेका छन्, ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीलगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् ।’
गृहमन्त्री अर्यालमाथिको यी आरोपलाई उनकै गतिविधिले पुष्टि गर्दै गइरहेको बर्तौलाको दाबी छ । ‘फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूविरुद्ध प्रयाप्त प्रमाणहरु हुँदाहुँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए’, उनले थपेका छन् ।
वास्तविक जेन(जीको माग अहिलेका गृहमन्त्री अर्यालबाट पूरा नहुने र उनीप्रति विश्वास नगर्न पनि उनले युवाहरूलाई सचेत गराएका छन् ।
‘वास्तविक नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मेहनत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए’, बर्तौलाले थपेका छन्, ‘सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बर्खास्त गरि राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरेर अनुसन्धान प्रकृया अगाडि बढाउनुपर्छ ।’
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया