०४ कात्तिक २०८२
काठमाडौं- निष्पक्ष अनुसन्धान भयो भने र सरकारले दर्बिलोसँग खुट्टा टेक्यो भने प्रमुख तीन दलका शीर्ष नेताहरु जुनसुकै बेला थुनामा पुग्न सक्छन्। सम्भवत त्यसैको त्रासले हुनुपर्छ एमाले अध्यक्ष केपी शर्मा ओली छट्पटाएका छन् । प्रचण्ड अतालिएका छन् । देउवा देशै छाडेर हिड्न खोज्दैछन् ।
कुरा प्रचण्डबाटै सुरु गरौ । सम्पत्ति शुद्धीकरणमा प्रचण्ड र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि माओवादी आत्तिएको छ । गत शुक्रबार नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए । चुनावको विषयमा कुरा हँदा यस्तो आशय प्रसंग पनि निस्केको थियो । ‘हामी कांग्रेस–एमालेभन्दा फरक हौं, हामी चुनावमा जान खोजिरहेका छौं, तपाईंहरुलाई सहयोग नै गरिरहेका छौं तर हामीलाई जर्बजस्ती कांग्रेस–एमालेतिर धकेल्न खोजियो’ भन्दै उनीहरुले अनुसन्धान रोक्नुपर्ने आशय प्रकट गरेका थिए ।
शुक्रबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा त्यसबारे मुखै खोले । उनले भने, ‘२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने ?’
उनले थपे, ‘हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौं । यस प्रकारका बेठिक प्रवृत्ति हामी स्वीकार्दैनौँ ।’ माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको भन्दै उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका थिए । त्यसो त प्रचण्डले जेनजीहरुलाई फकाउन आफू र आफ्नो पार्टी जेनजीको साथमा रहेको, जेनजीको माग र आफूहरुको एजेन्डा समान रहेको बताउँदै आएका छन् ।
जेनजी आन्दोलनको एउटा मुख्य माग पटक–पटक प्रधानमन्त्री भएका तीन शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने पनि थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ । खासगरी प्रचण्ड परिवारले विलासी जीवन बिताएको, परिवारका नाममा सम्पत्ति थुपारेको भन्दै आलोचना हुने गरेको छ । जेनजीहरुले ‘नेपो बेबी’ भन्दै चलाएको अभियानमा प्रचण्डपुत्री गंगा दाहाल पनि मुख्य तारो थिइन्, जसले महँगो मूल्य पर्ने रोलेक्स ब्राण्डको घडी र गुची ब्राण्डको झोला बोकेको आरोप छ ।
सरकारले प्रचण्ड र उनको परिवारमाथि अनुसन्धान थालेसँगै उनकी छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । कतिले कति लाखको ब्याग कहिले कति लाखको घडि लगाएको भन्दै आफू र बुवालाई निरन्तर खुइल्याउन खोजेको भन्दै उनले दुःखसमेत प्रकट गरेकी छिन्।
गंगा मात्रै होइन उनका पति जीवन आचार्यको पनि अस्वाभाविक सम्पत्ति रहेको भनेर जनताले प्रश्न उठाइरहेका छन् । गठबन्धन फेर्दै पटकपटक प्रधानमन्त्री बनेका प्रचण्डले सरकारमा रहँदा विभिन्न लाइसेन्स वितरणमा भूमिका खेलेको आरोप पनि लाग्दै आएको छ ।
उपचारको बाहाना विदेश भाग्दै देउवा
कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई बनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट टाढिन खोजेका छन् । उनले गत असोज २८ गते पार्टीको केन्द्रिय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अब सक्रिय राजनीतिमा नरहने संकेत गरेका थिए । जेनजी आन्दोलनका क्रममा कुटिएका उनी उपचारका लागि भन्दै विदेश जान खोज्दैछन् । उनको निवासमा आगो लाग्दा ठूलो मात्रामा पैसा जलेको पाइएको थियो । जसका विषयमा अनुसन्धान सुरु भएपछि आफू पक्राउ पर्न सक्ने डरले उनले देशै छाडेर भाग्न खोज्दैछन् । यद्यपी बाहाना भने उपचारलाई बनाएका छन् ।
पक्राउको डरले छट्पटिमा ओली
जेनजी आन्दोलनपछि झन झन अराजक शैलीमा अभिब्यक्ति दिइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको डरले भित्र भित्रै छट्पटि रहेका छन् । जेनजी र सरकारको पहिलो निशानामा रहेका उनी सुशिला कार्की नेतृत्वको सरकारलाई नै हाहुको सरकार भन्दै हिडिरहेका छन् । सरकारले बनाएको आयोगमा गएर बयान दिन्न भनेर धम्की दिइ रहेका उनी सक्छौ भने पक्राउ गरेर देखाउ भन्दै चुनौती दिइरहेका छन् ।
बाहिर यसरी बोले पनि उनी भित्र भित्रै भने सरकराले आफूलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने डरले छट्पटि रहेका छन्। किनकी उनीविरुद्ध प्रहरीमा हत्याको जाहेरी परेको छ। जेनजी आन्दोलनका क्रममा कलिला युवाको हत्या गरेको अभियोगमा असोज २० गते नै ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको थियो ।
जेनजीहरुले निरन्तर रुपमा ओलीलाई पक्राउ गर्न सरकरालाई दबाब दिइरहेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल पनि ओलीलाई पक्राउ गर्ने जुक्ति खोजिरहेका छन् । यस्तो अवस्थामा आफू जुनसुकै बेला प्रहरी हिरासतमा पुग्न सक्ने त्रासमा ओली छन्। जुन खतरा देखेपछि उनी त्यसको छट्पटि सार्वजनिक रुपमा पोखिरहेका छन्।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया