१५ वैशाख २०८३
काठमाडौं- जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनका नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले तेलको कुपन काट्दै लाखौं रुपैयाँ खाएको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयभित्रैबाट प्राप्त जानकारीअनुसार, प्रयोगमा नरहेका—अर्थात् पूर्ण रूपमा जलेर नष्ट भइसकेका सवारीसाधनका नाममा समेत नियमित रूपमा तेल कुपन काट्ने र त्यसको रकम साट्ने काम भइरहेको छ। स्रोतका अनुसार, यो प्रक्रिया लामो समयदेखि चल्दै आएको छ र यसबाट लाखौं रुपैयाँ मिलिजुली कर्मचारीले नै खाने गरेको आशंका गरिएको छ ।
भदौ महिना भएको जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए। पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको छ । जलेर कामै नालाग्ने भएका गाडीहरूलाई “कागजमा जीवित” राखेर तेल कुपन काट्ने र त्यसको रकम नगदमा रूपान्तरण गर्ने प्रक्रिया जारी रहेको पाइएको छ। कुपन प्रणालीअन्तर्गत, सरकारी सवारीसाधनका लागि निश्चित परिमाणमा इन्धन उपलब्ध गराइन्छ। तर, यहाँ त्यही प्रणालीको दुरुपयोग गरेर जलेका गाडीको नाममा समेत कुपन काटिएको देखिएको छ। यसरी सरकारी ढुकुटीको रकम हजम बनाएको खुलेको छ ।
मन्त्रालय स्रोतका अनुसार यदि भद्रकालीस्थित सेनाले सञ्चालन गर्ने रिपुमर्दिनी पेट्रोल पम्पबाट हालसम्म जारी भएका सबै कुपनहरूको विवरण झिकेर अनुसन्धान गरियो भने वास्तविकता छर्लङ्ग हुनेछ। किनभने अधिकांश सरकारी कुपन त्यही पम्पमार्फत साटिने गरिएको छ। एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “कुन गाडी चलिरहेको छ र कुन जलेको छ भन्ने स्पष्ट तथ्य हुँदाहुँदै पनि कुपन काटिएको छ भने त्यो सामान्य प्रशासनिक कमजोरी होइन, संगठित अनियमितता हो।”
यो विषयमा छानविनको माग भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता एक्सनमा उत्रिएकी छिन् । उनले कहाँबाट कसरी यस्तो भयो भन्ने बारे तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सचिवलाई निर्देशन दिएकी छिन् । स्वास्थ्य मन्त्रीले छानविनको निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयमा हंगाामा मच्चिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया