१३ फागुन २०८२
काठमाडौं- जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संशोधित नागरिकता कानून कार्यान्वयनमा आएपछि जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।
नेपाली आमाबाट जन्मिएका यी दुई नागरिकका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता लिन कठिनाइ हुँदै आएको थियो । पछिल्लो कानुनी संशोधनपछि भने उनले नागरिकता पाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, नेपाली महिला र विदेशी नागरिकबीच विवाह भई जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएपछि स्याङ्जाबाट पहिलोपटक यो प्रक्रिया अघि बढाइएको हो ।
‘संविधानले सुनिश्चित गरेको नागरिकताको अधिकार कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम हो,’ उनले भने, ‘नयाँ कानुनी व्यवस्थाअनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने काम सुरु भइसकेको छ ।’
कानून संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने प्रावधान लागू भएपछि प्रक्रिया सहज बनेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार आवश्यक कागजात पूरा गरेका र कानुनले तोकेको मापदण्डमा पर्ने अन्य व्यक्तिहरूले पनि अब अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन् ।
‘लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका युवा, युवतीका लागि यो व्यवस्था राहतपूर्ण हुने अपेक्षा गरेका छौं,’ उनले भने ।
नागरिकता अभावमा शिक्षा, रोजगारी, बैंकिङ सेवा लगायतका आधारभूत सुविधाबाट वञ्चित हुनुपरेका परिवारका लागि नयाँ व्यवस्था सहज हुने विश्वास प्रशासनको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया