०१ जेठ २०८३
काठमाडौं- चुनावअघि त्यस्ता नाथे भन्दै हेप्ने, प्रधानमन्त्री नै बनेपछि यस्तो मान्छे काम छैन भन्दै कड्किने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहप्रति देखाउदै आएको व्यबहार हो ।
अकारण आलोचना गरिरहने र तिललाई पहाड बनाएर कचकच गरिरहने हर्कले प्रधानमन्त्री बालेन शाहको राजीनामा नै मागेका छन् । त्यो पनि औपचारिक रुपमा विज्ञप्ति नै प्रकाशित गरेर । विज्ञप्तिमार्फत उनले प्रधानमन्त्री बालेनले संसद् र सार्वभौम जनताको अपमान गरेको, संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै राजीनामा मागेका छन् । उनले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने भन्दै ४ वटा कारण देखाएका छन् ।
हर्कले उठाएका ४ कारण यस्ता छन्–
१. राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह हलबाट बाहिरिएको र पुनः सभामा नफर्किएको ।
२. प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको
३. नीति तथा कार्यक्रममा छलफल हुँदा अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित भएको ।
४. प्रधानमन्त्री नियुक्त भएदेखि आजका मितिसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको ।
विपक्षी दलहरुमध्ये सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको गतिविधिलाई शालिनतापूर्वक आलोचना गरिरहदा हर्क भने उग्र हुनुको पछाडीको मुख्य कारण बालेनले आफ्नो भाग खोसि दिएको भन्ने बुझाइ हो । किनकी स्वतन्त्र उम्मेदवार हुँदै मेयर बनेका बालेन र हर्क सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका थिए । तर, बालेनको अघि लिलिपुटजस्तो देखिएका हर्क उनैले आफ्नो भाग खोसिदिए झै गरेर उफ्रिदै आएका छन् । यदि बालेन दलिय राजनीतिमा नआएको भए आफू हिरो हुने उनको बुझाइ थियो ।
जेनजी आन्दोलनपछि बालेनकै कारण आफू प्रधानमन्त्री हुनबाट बञ्चित हुनु परेको भन्ने ठानेका हर्क त्यहिबेलादेखि बालेनसँग सिंगौरी खेल्दै आएका थिए । अन्टसन्ट लेखेर सामाजिक सञ्जालमा विष बमन गरिरहेका उनले चुनाव ताका पनि सबैभन्द धेरै कसैविरुद्ध खनिए भने थिए बालेन र रास्वपा नै थिए । तर, चुनावपछि उपसभामुख पद खाने बेला भने नरम देखिएका उनी पद हात परेको १५ दिनपछि नै फेरि पुरानै अवतरामा फर्किए । सुकुम्बासी नै उचालेर बालेन सरकारको विरोध गर्दै आएका उनले सरकार बनेको ढेड महिनामै राजीनामा माग्न थालेका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया