०५ फागुन २०८१
काठमाडौं- काठमाडौंमा सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिप फुटवल प्रतियोगितामा नेपालले संघर्षपूर्ण जित निकालेको छ । सोमबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
खेलको १० मिनेटमा सविता रानामगरको पासमा नेपालकी बिमला चौधरीले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । सुरुआतमा निकै आक्रामक खेलेको नेपालले गोल थप्न नसक्दा १० मिनेटको गोल नै निर्णायक बन्न पुग्यो ।
नेपालले खेल अवधिभर राम्रा अवसर पाएपनि गोल भने थप्न सकेन । त्यसकारण ६ वर्षअघि ८–२ ले आफ्नो पक्षमा पारेको नेपालले अहिले १–० को संघर्षपूर्ण जित निकाल्नुपर्यो ।
पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले हानेको बल गोल पोष्टको बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई पुनः सविता रानाले प्रहार गरिन् । त्यो बलमा पनि पुनः बारमा लाग्न पुग्यो । बारबाट फर्किएको बललाई रेखा पौडेलले प्रहार गरिन् । तर, त्यसपटक भने किर्गिस्तानका डिफेन्डरले विफल बनाइदिए । खेलको ८१औं मिनेटमा सविताको प्रहार किर्गिस्तानको गोलरक्षक विट भएपनि गोल पोष्टभन्दा थोरै बाहिरबाट बाहिरिएको थियो ।
फुटबलकै स्टार सावित्रा भण्डारी र रेखा पौडेलले किर्गिस्तानविरुद्ध चमत्कार गर्न सकेनन् । रेखा सुरुआती टोलीमै थिइन् भने सावित्रा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । युरोपबाट बिहान मात्रै आएकी उनीले पहिलो खेलमै मैदान छिरेकी थिइन् । रेखा भने आइतबार नेपाल आएकी हुन् ।
खेलका क्रममा बल अधिकांश समय नेपालको नियन्त्रण रह्यो । किर्गिस्तानका खेलाडीले मिडलाइन खासै पार गर्न सकेनन् । उनीहरु रक्षात्मक फर्ममा अधिकांश समय विताए । नेपालले धेरै पटक गोलका लागि अवसर पायो । तर, फिनिसिङमा चुक्दा नेपालले एक गोलमा चित्त बुझाउनुपर्यो ।
नेपालले अब दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग खेल्नेछ । ४ देश सम्मेलिन च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया