०२ असोज २०८२
काठमाडौँ- साताको अन्तिम दिन शेयर बजार ठूलो अंकले ओरालो लागेको छ । बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० खुल्नेबित्तिकै पहिलो नेगेटिभ सर्किट लागेको बजारमा मध्याह्न पौने १२ बजे दोस्रो नेगेटिभ सर्किट लागेको हो ।
जेन(जीका नाममा गत भदौ २३ र २४ गते देशभर भएको विध्वंसक प्रदर्शनपछि पहिलो पटक खुलेको शेयर बजार राताम्य भएको हो । यसअघि खुलेको दुई मिनेटमै पहिलो सर्किट ब्रेक लाग्दा बजार २० मिनेटलाई बन्द भएको थियो ।
बजार खुलेको दुई मिनेटभित्रै १०७।०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लाग्दा लगानीकर्तामा निराशा छाएको छ ।
२० मिनेट रोकिएर खुलेको बजारमा १३३।६१ अंक अर्थात् ५ प्रतिशतले कारवबार ओरालो लाग्दा अर्को नकारात्मक सर्किट ब्रेक लागेको छ ।
दोस्रो नकारात्मक सर्किट लागेसँगै नेप्से १३३।६१ अंकले घटेर २५३८।६३ बिन्दुमा ओर्लिएको छ । दोस्रो नकारात्मक सर्किट ब्रेकपछि बजार ४० मिनेटलाई रोकिएको छ ।
नियमअनुसार बजार खुलेको एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घट्दा वा बढ्दा सर्किट लाग्छ ।
त्यसपछि बजार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटे वा बढे ४० मिनेटका लागि कारोबार रोकिन्छ । उता ६ प्रतिशतले बजार घट्दा वा बढ्दा त्यो दिन बजार नै बन्द हुने नियम छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया