२२ भदौ २०८२
काठमाडौं– आफू भ्रष्टाचारमा लिप्त हुने अनि जनताको चाही मुखै थुन्ने सरकारी रबैयाविरुद्ध ‘जेन–जी युवाहरु सडकमा उत्रिने भएका छन् । भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोग विरुद्ध युवा पुस्ताले ठूलो आन्दोलनको घोषणा गरेका छन्।
सेप्टेम्बर ८ अर्थात भोलि काठमाडौंको माइतीघर मण्डलामा हुने भनिएको विरोध प्रदर्शनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । हालै सामाजिक सञ्जालमा भाइरल भएका भिडियो तथा तस्बिरहरूमा नेताका छोराछोरीहरू विलासी जीवनशैली, महँगा ब्रान्डका सामान र विदेश घुमघाममा रमाइरहेको देखाइएको छ, जबकि साधारण नेपाली जनता आफ्नो दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्।
युवा पुस्ताले यस आन्दोलनलाई देशमा विद्यमान भ्रष्टाचार र असमानताको विरुद्धमा ‘ठोस कदम’ भनेर व्याख्या गरेका छन्। उनीहरूले यसलाई इतिहास लेख्ने दिनको रूपमा चित्रण गर्दै आम जनतालाई माइतीघरमा भेला हुन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा यो ट्रेन्ड तीव्र गतिमा फैलिएको छ र यसले युवाहरूमाझ ठूलो असन्तुष्टि रहेको देखाएको छ। सामाजिक सञ्जाल, विशेषतः टिकटकमा भाइरल भएको ट्रेन्डले आन्दोलनको लहरलाई तीव्र बनाएको छ।
यता, साधारण नेपाली जनता भने दैनिक जीवन धान्न संघर्षरत छन्। महँगी, बेरोजगारी र सेवामा पहुँचको अभावले जनजीवन कष्टकर बनेको दृष्य सामाजिक सञ्जालमा भाइरल छन्। माइतीघर मण्डला, जुन विगतमा पनि जनआन्दोलनको प्रतीक बनिसकेको छ, फेरि एकपटक युवाहरूको आवाजले गुञ्जिने युवाहरूले बताएका छन्।
आयोजकहरूले शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका छन्, जहाँ प्लेकार्ड, नाराहरू र सांस्कृतिक प्रस्तुति मार्फत जनभावना अभिव्यक्त गरिनेछ।
के हो ’नेपो बेबी’ अभियान ?
’नेपो बेबी’भन्नाले त्यस्ता बच्चाहरूलाई जनाइन्छ जसले आफ्ना परिवार वा शक्तिशाली नातागोताको कारण अवसर, सम्पत्ति वा पद पाउँछन्। योग्यता वा क्षमता भन्दा नातावादका कारण सफल हुनेहरूलाई व्यङ्ग्यात्मक रूपमा यो शब्द प्रयोग हुन्छ। विश्वभर चर्चित यो शब्द अहिले विशेष गरी फिलिपिन्स र इन्डोनेसियामा फैलिएको छ।
इन्डोनेसियाका राष्ट्रपति राष्ट्रपति जोकोवीका छोरालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएपछि ठूलो विवाद उठ्यो । योगदान र अनुभव नभए पनि शक्तिको आधारमा उदाउने पुस्ताको रूपमा संकेत गर्दै ’नेपो बेबी’ को उपमा दिएर विरोध सुरु भएको थियो ।
राजनीतिमा फैलिएको परिवारवादको विरोधमा सुरु भएको आन्दोलन रिडइट, टिकटक र इन्स्टाग्रामहुँदै फैलियो र अन्य नेताको सन्तानको जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो। इन्डोनेसियामा यो बढी राजनीतिक विषयमा केन्द्रित भयो। त्यसको असर फिलिपिन्समा पनि देखियो तर यो राजनीतिक मुद्दामा भन्दा पनि सार्वजनिक पद धारण गरेकाहरूको महँगो र सुविधासम्पन्न जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो।
फिलिपिन्समा यो आन्दोलनलाई बाढी नियन्त्रणमा भएको खर्च र त्यसमा भएको भ्रष्टाचार केन्द्रित देखियो। अनि भ्रष्टाचारमा संलग्न भनिएका ठेकदार र नेताका छोराछोरीले सामाजिक सञ्जालमा देखाएको महँगो जीवनशैलीका तस्बिर र भिडियो राखेर विरोध सुरु भयो।
सञ्जालमा उनीहरूको लक्जरी गाडी, महँगो विदेश यात्रा र ब्रान्डेड सामान देखाउँदै गरेका पोस्टहरू फैलाउन थाले। त्यसको प्रभाव सामाजिक सञ्जालमा भिजेका नेपालका नयाँ पुस्तामा समेत पर्यो। रिडइटहुँदै इन्स्टाग्राममा यो अभियान फैलिँदै थियो। यही बिचमा सरकारले २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि टिकटकमा यसको प्रभाव बढ्यो।
नेपालमा फिलिपिन्सको शैलीमा नेता, सरकारी कर्मचारी लगायतकाहरुको सन्तानको महँगो जीवनशैली सार्वजनिक भइरहेका छन्। र यो अभियान सोमबार सार्वजनिक विरोध प्रदर्शनको चरणसम्म पुगेको छ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया