२९ वैशाख २०८३
काठमाडों- मन्त्रीको सचिवालय सदस्य नै अपहरकारी र नांगै बनाएर ब्यक्तिको भिडियो खिच्ने हतियारधारी गरेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सचिवालमा रहेका मुस्तकिम मियाँलाई प्रहरीले यहि हर्कत गरेका कारण पक्राउ गरेको छ । महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ मा बस्दै आएका आलमलाई सोमबार सप्तरी प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् ।
जाहेरीअनुसार मुस्तकिम मियाँसहितको समूहले पीडितलाई अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाउने मात्रै होइन नांगै बनाएर भिडियो खिच्दै धम्क्याउने काम गरेको छ । मियाँ सहितको समूह मिलेर २०८२ फागुन १४ मा राजु कुमार चौधरीलाई अपहरण गरेर लुटपाट गरेको थियो । त्यस दिन बिहान ८ बजेको समयमा राजविराज नगरपालिका वडा नम्बर–३ हनुमान चोकमा मुस्तकिम मियाँ बा।९९ प ५७७५ नम्बरको मोटरसाइकलमा थप ३ जना लिएर अपहरण गर्न गएका हुन् ।
दुईवटा मोटरसाइकलमा आएका मियाँको समूहका युवाहरूले बन्दुक देखाएर आफूलाई कब्जामा लिएर राजविराज नगरपालिका–८ स्थित हिमालय राईस मिलको पछाडि पर्वत भन्ने स्थानको सुनसान खाली चौरमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ । उनीहरूले पीडितलाई त्रास देखाई कुटपिट गर्नुका साथै जबर्जस्ती शरीरका सम्पूर्ण कपडा खोल्न लगाएर नग्न बनाएर त्यसको भिडियोसमेत खिचेको पीडितले उजुरीमा उल्लेख गरेका छन् ।
घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएपछि प्रतिवादीहरूको खोजतलास शुरू गरिएको थियो। सोही क्रममा प्रहरीले मुस्लिम मियाँलाई राजविराज नगरपालिका–८ स्थित क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिएको प्रहरीले जनाएको छ। अदालतले वैशाख २८ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप अनुमति दिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया