०८ चैत २०८२
काठमाडौं - नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड घण्टीमा भोट हाल्नेहरुलाई धूइपतालसँग खोजिरहेका छन् । र, अब यो खोजी गर्ने लिष्टमा कांग्रेस पनि थपिएको छ । आफ्नै केन्द्रिय सदस्यहरुले रुख छाडेर घण्टीमा भोट हालेको निष्कर्ष निकालेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निकालेको छ ।
आफ्नैले घात गर्दा पार्टीको अवस्था दयनीय बनेको भन्दै तिनको खोजी गर्नुपर्ने निचोडमा कांग्रेस पुगेको छ । बद्लियो कांग्रेस बद्ल्छौ देश भन्दै हिडेको कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले नपत्याएपछि हालत खराब बनेको छ । चाउरिएको हालतमा पुगेको कांग्रेस आफूलाई सुधार्ने होइन घण्टीमा भोट हाल्ने नेता कार्यकर्ताहरुको खोजी गरिरहेका छन् । एक पटक कांग्रेस प्रवत्ता देवराज घिमिरेको कुरा सुन्नुहोस ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्तिमा २१ निर्वाचन क्षेत्रमा पार्टीकै नेताहरुको अन्तर्घातका कारण हार्नुपरेको निष्कर्ष निकालेको छ । सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकले २१ वटा निर्वाचन क्षेत्रमा अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको निचोड निकालेको छ । ति क्षेत्रमा दुईदेखि पाँच हजारसम्मको मतान्तरको हार–जित भएको र मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको कांग्रेसको ठहर छ ।
घण्टीमा भोट हाल्नेहरूले मत मात्रै परिवर्तन गरेका हुन् वा पार्टी नै छोडेका हुन् भन्नेबारे छलफल र समीक्षा भइरहेको पनि कांग्रेस प्रवत्ताको दाबी छ । । ’निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ’, उनले भने, ’यो भोटको माईग्रेसन मात्रै हो की माईन्डसेट नै माईगे्रसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भिरतापूर्वक हेरिरहेका छौँ ।’
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया