०३ भदौ २०८२
काठमाडौं- नेपालले रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा अन्त्य गरेको ऐतिहासिक सफलता प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले सोमबार नेपाललाई रूबेलामुक्त राष्ट्र घोषणा गर्दै यस क्षेत्रमा नेपाल छैटौँ मुलुकको रूपमा मान्यता पाएको हो।
डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बधाई दिंदै, दीर्घकालीन प्रयास र उपलब्ध प्रगतिको आधारमा रूबेलाको उन्मूलन भएको प्रमाणित गरेको हो।
खोपको सशक्त प्रयोगले दिलायो सफलता
नेपालमा सन् २०१२ देखि ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रूबेला खोप अभियान थालिएको थियो। त्यसपछिका वर्षहरूमा, विशेष गरी २०१६, २०२० र २०२४ मा सञ्चालन गरिएका खोप अभियानले राष्ट्रिय खोप कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याए।
सन् २०२४ सम्म नेपालले ९५५ भन्दा बढी बालबालिकामा रूबेला खोपको पहिलो मात्रा पुर्याउन सफल भएको तथ्यांक रहेको छ। बालबालिकालाई जोगाउन सुरु गरिएको ‘खोज र खोप’ अभियान, खोप महिना, र ‘पूर्ण खोपयुक्त’ स्थानीय तह घोषणा जस्ता पहलहरूले यस उपलब्धिमा टेवा पुर्याए।
गर्भवती महिलाका लागि खतरनाक हुने रोग
रूबेला, जसलाई जर्मन दादुरा पनि भनिन्छ, अत्यन्त सङ्क्रामक भाइरसजन्य रोग हो। विशेषतः गर्भवती महिलामा यसको संक्रमणले गर्भपतन, मृत शिशु जन्मिने वा अपाङ्गता जस्ता गम्भीर असर पुर्याउन सक्छ। तर यो रोग सुरक्षित र प्रभावकारी खोपमार्फत सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ।
स्वास्थ्यकर्मी, स्वयंसेविकाको लगनशीलता प्रशंसनीय
विश्व स्वास्थ्य संगठनकी डा. क्याथरिना बोएह्मले नेपालको सफलताको मूलमा सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको समर्पण, तथा जनसमुदायको सक्रिय सहभागिता रहेको बताइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस सफलतामा योगदान दिने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि र सरोकारवालाप्रति आभार प्रकट गर्दै खोप सेवामा निरन्तरता दिन आग्रह गरेका छन्।
क्षेत्रीय उपलब्धिमा नेपालको थप योगदान
रूबेला उन्मूलनमा नेपाल भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का र टिमोर–लेस्टेपछि छैटौँ राष्ट्र बनेको हो। यसअघि दादुरा निवारणमा पनि नेपालले उल्लेखनीय प्रगति गरेको थियो।
विश्व स्वास्थ्य संगठनको प्रतिबद्धता कायम
डब्लुएचओ नेपाल कार्यालयका प्रमुख डा .राजेश सम्भाजिराव पाण्डवले नेपाल सरकार, स्वास्थ्यकर्मी र साझेदार संस्थाबीचको सशक्त सहकार्यबाट यो सफलता सम्भव भएको बताए। उनले भविष्यमा पनि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया