०४ भदौ २०८२
काठमाडौं- अनुमान गर्नुहोस् त काठमाडौं उपत्यत्कामा कति सार्वजनिक जग्गा अतिक्रमण भएको होला ? १ हजार वा २ हजार रोपनी ? होइन १ लाख रोपनी भन्दा धेरै जग्गा भूमाफियाले कब्जा गरेर जगजग गरेको पाइएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको खुलासा गरेको छ । धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले २०२१ सालको नापी, २०४४ सालको नापी र २०५६ सालको नापीलाई हेरेर तथ्याङ्क निकाल्ने हो भने अहिले धोबी खोलाको मात्रै २ सय रोपनी भन्दा धेरै जग्गा अक्रिमण भएको उनको दाबी छ ।
त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणले ९४ कम्पनीका ५ हजार रोपनीभन्दा बढी अवैध प्लटिङ रोकिएको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले तीन खर्ब मूल्य बराबरको अवैध प्लटिङ खरिद विक्रीका लागि रोक्का गरिएको बताएका हुन् ।
त्यस्तै, प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेलले रोक्का राखिएका अवैध प्लटिङ वस्ती विकासको दृष्टिले निकै जोखिम रहेको बताए । आवधि तथा पर्ती जग्गाहरुको भू–उपभोग र प्रयोग गर्ने अधिकारसमेत काठमाडौं उपत्यका विकास प्राधिकरणमा रहेको छ ।
कुनै प्रकारको भवन निर्माण वा भवनहरुको विस्तार गर्दा, घडेरीहरु विकास गर्दा प्राधिकरणसँग योजना अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । प्राधिकरणलाई नियमित, नियन्त्रण र निषेध गर्ने अधिकारसमेत रहेको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया