०१ भदौ २०८२
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले परराष्ट्रमन्त्री डा आरजु राणाको राजीनामा मागेका छन् ।
इजरायल–हमास युद्धका क्रममा वेपत्ता पारिएका विपिन जोशीको अवस्था पत्ता लगाउन नसकेकाले परराष्ट्रमन्त्री राणासहित मन्त्रालयको उच्च दर्जाका कर्मचारीले पद छोड्नुपर्ने उनको भनाइ छ । शाहीले विपिनको खोजी गर्दै उनकी आमा र बहिनीले बगाइरहेको आँशु र गरिरहेको संघर्षले मन छियाछिया भएको पनि बताएका छन् ।
‘जनताको रगत र पसिनाबाट आर्जेको करबाट तलब भत्ता बुझ्ने मन्त्रालयका कर्मचारी तथा पदाधिकारीहरू यस्तो मानवीय संकटमा समेत निष्क्रिय रहनु अत्यन्त दुःखद र खेदजनक छ’, उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘यदि मन्त्रालयले यस्ता कुटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्रमन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिदैन ।’
सांसद शाहीले विपिनको खोजी गर्दै इजरायल पुगेका उनकी आमा र बहिनीलाई आवश्यक पर्ने मानसिक, नैतिक तथा कूटनीतिक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनले भनेका छन्, ‘इजरायल, हमास तथा अन्य सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल समन्वय गरी विपिनको अवस्था पत्ता लगाउन र उहाँलाई सकुशल रिहा गर्नका लागि हरसम्भव कूटनीतिक दबाब सिर्जना गरियोस्।’
भाविष्यमा यस्ता घटना नदोहोरिन दिन नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि दीर्घकालीन रणनीति तथा कूटनीतिक संयन्त्रलाई थप सुदृढ गर्न शाहीले सरकारलाई सचेत गराएका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया