१४ जेठ २०८३
काठमाडौं - अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप पाउनबाट वञ्चित भएका छन् ।
आर्थिक सर्वेक्षण २०८२र०८३ को तथ्यांक अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिका मात्रै पूर्ण खोप पाएका छन् । जबकि सन् २०२४ मा भने ९५।९ प्रतिशत बालबालिकाले खोप लगाएका थिए ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार, बालबालिकालाई १३ रोग विरुद्ध ९ वटा नियमित खोप दिइन्छ । नेपालमा खोप लिन योग्य ५ लाख १० हजार बालबालिका छन् । यस हिसाबले अझै पनि ४० हजार ८ सय बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।
पूर्ण खोप भन्नाले सरकारले अनिवार्य गरेका खोपमध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुनु हो ।
बालबालिकालाई बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, रोटा भाइरस, निमोनिया, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडविरुद्धका खोप दिइन्छ । यी खोपमार्फत १३ प्रकारका रोगबाट सुरक्षा प्रदान गर्छ ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा। अभियान गौतमले पूर्ण खोपको दायरा केही घटेको देखिए पनि सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको दाबी गरे ।
डा। गौतमका अनुसार खोप कार्यक्रमको तथ्यांकमा देखिने कमीको अर्को कारण लक्षित जनसंख्याको अनुमान नमिल्नु पनि हो । यद्यपि सर्वेक्षण गर्दा केही बालबालिका खोपबाट छुटेको तथ्य फेला परेको उनले स्वीकार गरे ।
‘हाम्रो आफ्नै डाटामा पनि केही बच्चाले कुनै न कुनै खोप छुटाएको देखिएको छ,’ डा। गौतमले भने, ‘त्यसैले छुटेका बालबालिकालाई खोजेर खोप लगाउने अभियान चलाइरहेका छौं ।’
उनका अनुसार स्वास्थ्य मन्त्रालयले सबै ७७ जिल्लालाई पत्राचार गरेर स्थानीय तहसम्म छुटेका बालबालिका खोज्न निर्देशन दिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया