१० जेठ २०८३
काठमाडौं- छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।
अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको हो ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । प्राप्त जानकारीअनुसार, विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् ।
अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो ।
घटनालगत्तै स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजुलाई यस घटनाको जानकारी गराएको थियो।
शव नेपाल लैजान गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाइएको छ । गो फन्ड मीमा १५ हजार अस्ट्रेलियन डलरको लागि सहयोग आह्वान भएकोमा ४४४ जनाले १६ हजार २५१ अस्ट्रेलियन डलर डोनेट गरेका छन् ।
रकम जुटाएसँगै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको छ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया