११ भदौ २०८२
काठमाडौँ – उखु किसानहरूले आन्दोलन जारी राख्ने भएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले किसानको माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने बताए ।
‘सरकारले ७५ करोड बढी निकासी गर्ने भनेको सरकारको कुरा हो । तर किसानले ७० रुपैयाँ अनुदान माग गरिरहेको छ, त्यसकारण यो आन्दोलन रोकिँदैन’ रायले भने ।
सरकारले ३५ रुपैयाँको दरले पैसा पर्सिसम्म किसानको खातामा जाने भन्ने कुराप्रति उखु किसानको आपत्ति रहेको उनले सुनाए । ‘हामीले मागेको ७० रुपैयाँ, जुन अघिल्लो साल पाइरहेका थियौँ । कटौती गरेर दिएको पैसामा हाम्रो सहमति छैन,’ रायले रातोपाटीसँग भने ।
सरकारले ४ सदस्यीय वार्ता समिति गठन गरेको प्रसङ्गमा उनले पहिलो र अन्तिम कुरा नै प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ रहेको बताए । ‘सरकारले वार्ता समिति जो बनाए पनि हाम्रो एउटै कुरा भनेको, अनुदान कटौती गर्न नपाउने विषय हो ।’ रायले भने ।
आइतबारदेखि तराईका १३ जिल्लाका ६ सय बढी उखु किसान आन्दोलित छन् । उखु किसान काठमाडौँमा आएपछि सरकारले हिजो मङ्गलवार अनुदान बापतको रकम निकासा गरेको थियो । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैङ्क खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए पनि उक्त रकम अनुदान कटौती गरेर राखेको ३५ रुपैयाँको मात्रै भएको किसानहरूको बुझाई छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया