२८ साउन २०८२
काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दोषी नदेखिएपनि नैतिकता देखाएको भन्दै प्रशंसा गरेका छन्।
कुलिङ अफ पिरियडमा भएको गडबडी अनुसन्धान गर्न बनेको संसदीय समितिले प्रमुख दोषी नदेखाएपनि खतिवडाले नैतिकता देखाउँदै राजीनामा दिएको भन्दै प्रशंसा गरेका हुन् ।
कुलिङ पिरियडको प्रावधानमा छेडखानी भएपछि नैतिकता देखाउँदै खतिवडाले मंगलबार संसदको रोष्टमबाटै राजीनामाको घोषणा गरेका थिए । बुधबार सभामुख देवराज घिमिरेलाई उनले राजीनामा पत्र बुझाएका छन् । । राजीनामाका क्रममा उनले स्वार्थमा लिप्त कर्मचारीहरूले बद्मासी गर्दा आफू दण्डित हुनु परेको गुनासो गरेका थिए ।
राजीनामा गरेका खतिवडाको प्रशंशा गर्दै नेता कर्णले कांग्रेसले नैतिकताको राजनीति गर्छ भन्ने कुरा फेरि एकपटक प्रमाणित गरिदिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुलिङ पिरियडको कु-कृत्यमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन्। सार्वभौम संसदमाथि छलकपट गर्ने कोही उम्किन नहुनेमा उनले जोड दिएका छन् ।
कर्णले फेसबुकमा लेखेका छन्– ‘कुलिङ अफ पिरियड‘ सार्वभौम संसदमाथि गरिएको कृत्यमा को कति जिम्मेवार भन्ने कुरा छानबिन प्रतिवेदनले रामहरि खतिवडालाई प्रमुख दोषी किटान नगरेको अवस्थामा पनि नैतिकता देखाएर राजिनामा दिनुले कांग्रेसभित्र केही निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता अझैं बाँकि छन् भन्ने पुष्टि गर्छ। सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले र स्वार्थमा लिप्त सिंहदरबारमा भागदौड गर्ने कर्मचारीको मिलेमतोमा गरिएको यो कु–कृत्यमा संलग्नमाथि कानुन बमोजिम कडा कार्वाही होस्। खबरदारः सार्वभौम संसदमाथि छलकपट कृत्य गर्ने कोही उम्किने कुरा स्विकार्न सकिदैन। माननीय रामहरि खतिवडाबाट अन्य कांग्रेसी नेता र अन्य दलदेखि लोभी–पापी कर्मचारीसम्मले नैतिकताको पाठ सिक्ने शुभ–ज्ञान प्रदान होस्।’
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया