११ फागुन २०८२
काठमाडौँ - प्रहरी प्रधान कार्यालयले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा बनाएको छ । चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति बनाउन विश्लेषण महाशाखा गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दयानिधि ज्ञवालीले गरेका छन् । महाशाखाले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्ने छ ।
प्रहरी प्रधान कार्यालयका एकजना अधिकृत भन्छन्, ‘निर्वाचन बिथोल्ने समूहमाथि निगरानी र विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति तयार गर्ने जिम्मेवारी विश्लेषण महाशाखालाई दिइएको छ ।’
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलनमा सक्रिय समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रहरीको विश्लेषण छ । बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, सो संगठनको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना र वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य नरेन्द्र बहादुर विकलाई चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा विभिन्न समूहका ८ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
प्रहरीले चुनाव विरोधीहरूले प्रयोग गर्ने आशङ्कामा रोहिङ्ग्या शरणार्थीको गतिविधि पनि निगरानी गरिरहेको छ । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि कपन स्थित लसुनटारमा क्याम्प बनाएर बसिरहेका छन् ।
बुढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्या अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिंग्या कालिमाटी लगायतका ठाउँमा डेरा लिएर पनि बसेका छन् । नेपालमा ४ सय १९ जना रोहिङ्ग्या शरणार्थी छन् ।
प्रहरी हेडक्वार्टरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेर केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना लागु गरेको छ । प्रहरीको केन्द्रीय निर्वाचन सेलको प्रमुख तोकिएका चतुर्वेदी प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागको प्रमुख हुन् । निर्वाचन सेलमा १५१ जना सदस्य छन् । निर्वाचनमा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया