०८ जेठ २०८३
काठमाडौं- बढ्दो ट्राफिक जाम, निसास्सीने वायु प्रदूषण र सार्वजनिक यातायातको अव्यवस्थाका कारण सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई परिपत्र गर्दै विद्युतीयसहितका सबैखाले सार्वजनिक सवारी साधनको नयाँ दर्ता अनिश्चित कालका लागि रोक्न निर्देशन दिएको छ ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ बढ्दै गएको छ । इन्धनको मूल्यवृद्धि, सवारी साधनको अत्यधिक चाप तथा सडक व्यवस्थापनमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ । परिपत्रमा सार्वजनिक सवारीको यथोचित व्यवस्थापनका लागि अर्को सूचना जारी नभएसम्म नयाँ दर्ता रोक्ने निर्णय कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।
विभागले यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा ९३० अनुसार गरिएको जनाएको छ । उक्त व्यवस्थामा वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा अन्य कारणले सार्वजनिक हितका लागि आवश्यक ठानेमा कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्न सकिने प्रावधान छ ।
सरकारले सार्वजनिक यातायातको वैज्ञानिक तथा व्यवस्थित सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले निर्णय गरिएको स्पष्ट पारेको छ । यस निर्णयसँगै अब अर्को व्यवस्था नभएसम्म देशभर कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारी साधन, विद्युतीय सवारीसहित, दर्ता नहुने भएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया