१४ माघ २०८२
केहि दिन भित्रै सुनको मुल्य प्रतितोला ४ लाख रुपैयाँ पुग्यो भने अनौठो नमाने हुन्छ । किनकी सुनको मुल्य यसरी आकाशिरहेको छ की दिनमै प्रतितोला झन्डै १० हजार हाराहारीका दरले मुल्य बढिरहेको छ । बुधबारमात्रै तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनको मुल्यले नेपालमा पनि नयाँ कीर्तिमान बनाएको छ ।
पछिल्लो एक हप्ता यता रेकर्ड राख्नेगरी लगातार सुनको मूल्य बढिरहेको छ । एक सातामै सुनको भाउ तोलामा ३७ हजार रुपैयाँ बढेको छ। सुनको भाउ मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो। सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो। गत साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो ।
आज बुधबार फेरि ९ हजार ५ सय रुपैयाँले बढेर सुनको मुल्य तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। यति गतिमा सुनको मुल्य बढ्ने हो भने अबको २÷३ सातामै तोलाको ४ लाख रुपैयाँ नाघ्न सक्ने सम्भावना बलियो छ। अन्तर्राष्ट्रिय बजारमै लगातार बढिरहेको सुनको मुल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । सुनको भाउ कतिसम्म जान्छ भनेर कसैले अनुमान गर्न सक्ने अवस्था नभएपनि यसले हरेक दिन रेकर्ड तोड्ने निश्चित छ।
अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ ।
सुन मात्रै होइन चादीले पनि विश्व बजार तताइरहेको छ। चादीले पनि रेकर्ड कायम गर्दै तोलामै ७ हजार ३ सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेको छ । मंगलबार ९५ रुपैयाँ, सोमबार २ सय ८५ रुपैया, आइतबार २ सय ९ रुपैयाले बढेको थियो । चादीको मूल्य लगातार उकालो लागिरहेको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया