२३ पुस २०८२
काठमाडौँ — सामाजिक सञ्जाल तथा पर्यटन प्रवर्द्धनमा सक्रिय ‘सोलो ट्राभलर’ सिर्जना ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको टिमको सिफारिसमा बन्दसूचीमा परेकी ओलीले अहिले नै सक्रिय राजनीतिमा संलग्न नहुने निर्णय गर्दै उम्मेदवारी फिर्ता लिएको बताएकी हुन्। कान्तिपुरसँगको कुराकानीमा उनले बालेन्द्र शाहको टिमसँग छलफल गरेर नै यस्तो निर्णय गरेको स्पष्ट पारिन्। आफ्नो रुचि र कार्यक्षेत्रमै केन्द्रित भएर काम गर्ने चाहनाका कारण राजनीतिबाट टाढा रहने निर्णय लिएको उनको भनाइ छ।
लामो समयदेखि देशका दुर्गम तथा विकट क्षेत्रको यात्रा गर्दै पर्यटन प्रवर्द्धनमा सक्रिय ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्। पर्यटन क्षेत्रमै निरन्तर योगदान दिने उद्देश्यले नाम फिर्ता लिएको उनले उल्लेख गरेकी छन्।
मध्यपहाडी लोकमार्गको यात्रामा रहेका बेला बालेन्द्र शाहको टिमबाट समानुपातिक सूचीका लागि प्रस्ताव आएको उनले बताइन्। देशका लागि योगदान दिने अवसर ठानेर तत्काल अस्वीकार गर्न नसकेको तर पछि विचार गर्दा निर्णय केही हतारको भएको महसुस भएको उनको भनाइ छ।
यात्रामा रहेका कारण र केही प्राविधिक समस्याले गर्दा नाम फिर्ताको जानकारी दिन ढिलाइ भएको विषयमा पनि उनले स्पष्ट पारेकी छन्।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया