१९ साउन २०८२
काठमाडौं- गत वर्ष भन्दा ९ प्रतिशत बढि विद्यार्थी पास गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिाज सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी फेल भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्रै पास भएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुले विद्यार्थी फेल गरेको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रकाशित भएको एसईई रिजल्टमा पनि उल्लेखनीय सुधार आएको विवरण सार्वजनिक गरिएको थियो भने कक्षा कक्षा १२ नतिजामा पनि सुधार आएको देखाइएको छ ।
परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ। नियमिततर्फ २ लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त भएका छन्।
त्यस्तै आंशिकतर्फ ४१ हजार ८४० जना ग्रेड प्राप्त गरे। नियमिततर्फ ६१ दशमलब १७ प्रतिशत, आंशिकतर्फ ३६ दशमलमले ४९ ग्रेड ल्याएका छन्। सबैभन्दा धेरै २८ हजार ३५६ जनाले अङ्ग्रेजीमा ननग्रेड ल्याएका छन्।
त्यस्तै, आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले जानकारी दिएका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया