२४ भदौ २०८२
काठमाडौँ - दोस्रो दिनको प्रदर्शनमा उत्रिएका युवाहरूले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित प्रदर्शन थालेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि युवाहरूले कर्फ्युको अवज्ञा गर्दै ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास घेराउ तोडफोड र आगजनी प्रयास गरेका छन् भने सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवास आगजनी र तोडफोड गरेका छन् ।
यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास नजिकै बालकोट चोकमा पनि प्रदर्शन भइरहेको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पनि प्रर्दशनकारीहरु प्रवेश गरेका छन् ।
हिजोमात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारी पुगिसकेका छन् । नयाँ बानेश्वर, कलंकी, कोटेश्वर, नैकाप लगयतका स्थानमा पनि प्रदर्शन भइरहेका छन् ।
जेनजीहरूले भ्रष्टाचार नियन्त्रण र नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने माग गर्दै सोमबार गरेको प्रदर्शनमा प्रहरी दमनबाट काठमाडौँ र सुनसरीमा गरी १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया