०९ असोज २०८२
काठमाडौँ - दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ ।
‘मुख्य सुरुङको परीक्षण भइसक्यो । अब फ्लाइओभरको परीक्षण हुँदै छ,’ पन्थीले भने, शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ ।’
साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए ।
साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि उनले बताए ।
गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए । साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ ।
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया