०४ माघ २०८२
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच फोन सँवाद भएको छ । अस्ति शुक्रबार बेलुकी चितवनमा रहेका प्रचण्डलाई ओलीले फोन गरेर चुनाव सार्न आग्रह गरेका छन् । ।
गुण्डु निकट स्रोतका अनुसार कम्तीमा दुई महिनाका लागि चुनाव सारौं, वैशाखमा पुर्याऔं भन्ने एमालेको आग्रह थियो । फागुन २१ गते चुनाव सर्नासाथ प्रतिनिधि सभा पुनर्स्थापनाको बाटो खुल्ने र त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीको सन्देश रह्यो ।
फोनमा ओलीले भन्नुभयो, ‘संसद पुनर्स्थापना हुँदा म प्रधानमन्त्री हुने होइन । कि देउवा,कि तपाईं नै हो । देउवाको पनि खासै चाहना देखिन,त्यसमाथि गगनले काङ्ग्रेस कब्जा गरिसक्यो ।त्यसैले तपाइँ नै प्रधानमन्त्री हुने हो ।’ तर प्रचण्डले चुनाव समयमै हुनुपर्ने र आफ्नो पार्टीले चुनावमा जाने निर्णय गरिसकेको जवाफ फर्काएको बुझिएको छ ।
यता एमालेले हिजो राती आगामी चुनावका लागि उम्मेदवार तय गरेको छ । प्रचण्ड उठ्ने भनिएको रुकुम पूर्वमा नाम खाली राखिएको देखिन्छ । तर, नेकपा नेताहरुले एमाले जिल्ला इञ्चार्ज खेममान खड्कालाई उठाउने निर्णय गरेर सतहमा खाली राखिएको दावी गरेका छन् ।
ओली–प्रचण्ड फोनवार्ता,चुनाव सारेर प्रधानमन्त्री हुन प्रस्ताव
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच फोन सँवाद भएको छ । अस्ति शुक्रबार बेलुकी चितवनमा रहेका प्रचण्डलाई ओलीले फोन गरेर चुनाव सार्न आग्रह गरे ।
गुण्डु निकट स्रोतका अनुसार कम्तीमा दुई महिनाका लागि चुनाव सारौं, वैशाखमा पुर्याऔं भन्ने एमालेको आग्रह थियो । फागुन २१ गते चुनाव सर्नासाथ प्रतिनिधि सभा पुनर्स्थापनाको बाटो खुल्ने र त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीको सन्देश रह्यो ।
फोनमा ओलीले भने ‘संसद पुनर्स्थापना हुँदा म प्रधानमन्त्री हुने होइन । कि देउवा,कि तपाईं नै हो । देउवाको पनि खासै चाहना देखिन,त्यसमाथि गगनले काङ्ग्रेस कब्जा गरिसक्यो ।त्यसैले तपाइँ नै प्रधानमन्त्री हुने हो ।’ तर प्रचण्डले चुनाव समयमै हुनुपर्ने र आफ्नो पार्टीले चुनावमा जाने निर्णय गरिसकेको जवाफ फर्काएको बुझिएको छ ।
यता एमालेले हिजो राती आगामी चुनावका लागि उम्मेदवार तय गरेको छ । प्रचण्ड उठ्ने भनिएको रुकुम पूर्वमा नाम खाली राखिएको देखिन्छ । तर, नेकपा नेताहरुले एमाले जिल्ला इञ्चार्ज खेममान खड्कालाई उठाउने निर्णय गरेर सतहमा खाली राखिएको दावी गरेका छन् ।
अहिलेको अवस्थामा नेपाली काँग्रेस आन्तरिक पेलानमा परेको,एमालेभित्र चरम असन्तुष्टि देखिएकाले नेपाली कम्युनिष्ट पार्टीको राम्रै पोजिसन आउने निश्कर्ष प्रचण्डहरुको देखिन्छ । तर यसबीच पार्टी एकता गरेका झण्डै दुई दर्जन दलका नेता तथा कार्यकर्ताको झ्याउँझ्याउँ भने प्रचण्डलाई टाउको दुखाइको अर्को विषय बनेको बुझिएको छ । तीमध्ये धेरैलाई समानुपातिकतर्फ ब्यवस्थापन गरिसकिएको छ ।

ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया