१५ साउन २०८२
काठमाडौं- नेकपा (एमाले) छाडेको चार वर्षपछि गत साउन २ गते माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गौतमले जिम्मेवारी खोजेपछि विवाद सुरू भएको छ ।
साउन २ गते राष्ट्रियसभा गृहमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसँग अंकमाल गर्दै समाजवादीको यात्रा थालेका वामदेवका कारण महिना पनि नबित्दै समाजवादीमा बखेडा सुरू भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजकका रुपमा लामो प्रतिक्षापछि समाजवादीमा प्रवेश गरेका उनले आफू सय वर्षसम्म बाँचेर समाजवाद ल्याइछाड्ने घोषणा पनि गरेका थिए ।
सहमति गरेर पनि एमालेले भित्र्याउन तयार नभएपछि विरक्तिएका वामदेवका लागि साउन २ गते झोली थापेका उनै माधव नेपाल अहिले तनावमा परेका छन् । एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित नेपाल र उपाध्यक्षमा विजयी गौतमको मिलनले समावादी चलायमान हुने अपेक्षा गरिरहेका बेला विवाद र बखेडा सुरू भएको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार वामदेवले आफू काम गर्ने मान्छे भएकाले गतिलो जिम्मेवारी दिन अध्यक्ष नेपालसँग आग्रह गरेका थिए ।
समाजवादीमा तेस्रो वरीयता पाएका उनले साउन ७ मै पार्टीले काम नदिए लामो समयसम्म एकीकृत समाजवादीमा नबस्ने बताएका थिए । कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै उनले आफू काम गर्न समाजवादीमा सक्रिय भएको उल्लेख गरेका थिए । काम गर्ने अवसर नदिए लामो समय पार्टीमा नबस्ने गौतमले त्यस दिन घोषणा गरेका थिए ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिन्न पद। मैले त्यो पहिला पनि भनेको छु’, उनले त्यसदिन भनेका थिए, ‘मलाई काम दिनुस्। काम दिन तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्, कामबिनाको पद चाहिँदैन ।’
उनले आफू कामबिना बस्दा पनि नबस्ने बताएका थिए । ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ। मलाई काम गर्ने क्षेत्र चाहियो’, उनले भनेका थिए, ‘एउटा जिल्ला कि दुईवटा जिल्ला कि आधा जिल्ला, कि एउटा पालिका कि क्षेत्र, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचना छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ।’
उनले त्यसो भनेको साता नबित्दै समाजवादीमा विवाद देखिएको छ। जिम्मेवारी खोजिरहेका नेता गौतमले बुधबार समाजवादीका अध्यक्ष नेपालसँग विभाग नै तोकेर जिम्मेवारी मागेका हुन् ।
उनले अध्यक्ष नेपाललाई आलोकनगरमा भेटेर आफूलाई संगठन विभागको जिम्मेवारी दिन प्रस्ताव गरेका हुन् । ‘वामदेव कमरेडले अध्यक्षसँग संगठन विभाग माग्नु भएको रहेछ’, उनले भने, ‘समाजवादीमा भित्रिएको केही दिनमै उहाँलाई संगठन विभाग कसरी दिन सकिन्छ र? उहाँ चार वर्ष लामो ग्यापपछि पार्टीमा आउनु भएको छ । पहिले त पार्टी संगठन र नेता-कार्यकर्तालाई चिन्नु पर्यो होला नि !’
उपाध्यक्ष खतिवडाले अहिले संगठन विभाग प्रमुखमा वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेको बताउँदै वामदेवले पार्टीलाई तलदेखि माथिसम्म राम्रोसँग नबुझी उक्त जिम्मेवारी दिन कठिन हुने उल्लेख गरे ।
अध्यक्ष नेपालले वामदेवले मागेको जिम्मेवारीबारे आफूनिकट नेताहरूसँग ब्रिफिङसमेत गरेका थिए । उनले संगठन विभाग जस्तो महत्वपूर्ण जिम्मेवारी अहिले नै वामदेवलाई दिनु हतार हुन सक्ने बताएका थिए ।
अध्यक्ष नेपाल अहिले नै बेदुरामको जिम्मेवारी खोस्ने पक्षमा छैनन् । घनश्याम भुसाल आएपछि महासचिव पदसमेत छाडेका उनले पार्टीमा कम्तीमा बदमासी नगर्ने बुझाइ नेपालको छ ।
उता वरिष्ठ नेता एवम् संगठन विभाग प्रमुख भुसालले भने वामदेवले आफूसँग यस्तो प्रस्ताव नगरेको बताए। ‘उहाँले संगठन विभाग मागेको जानकारी मसँग छैन । सायद अध्यक्षसँ कुरा राख्नु भयो कि?’, भुसालले भने, ‘हामी दुवै राष्ट्रियसभामा छौँ तर हामीबीच त्यस्तो मन नमिल्ने गरी भनाभन भएको छैन । उहाँले मेरो जिम्मेवारी आफूलाई दिन पनि भन्नु भएको छैन ।’
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया