०९ भदौ २०८२
काठमाण्डौ – सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । ती निर्माण कम्पनीलाई हिजो कालोसूचीमा राख्ने निर्णय गरेर आज सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा श्री विशाल होम निर्माण सेवा उदयपुर, जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रा।लि। काठमाण्डौ, सगुन फ्याब्रिक्स मोरङ, सुभ आरएस नविना जेभी बाँके, नबीन निर्माण सेवा अछाम रहेका छन् ।
त्यसैगरी जेएससी कन्स्ट्रक्सन प्रा।लि। सुर्खेत, कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रा।लि। काठमाण्डौ, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि। काठमाण्डौ, जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाण्डौ, मष्टा भवानी निर्माण सेवा डोल्पा, शहीद निर्माण सेवा अर्घाखाँची रहेका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया