०२ साउन २०८२
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणमा गएको कार्यक्रमकै नाममा मानव तस्करी भएको गम्भीर आरोप लागेपछि छानविन थालेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबी आक्रामक बनेको छ ।
भिजिट भिसामार्फत् स्पेन भ्रमणमा गएका सबैको विवरण मगाएर अनुसन्धान अघि बढाउने तयारी गरेको छ । त्यसका लागि उसले भारतको नयाँ दिल्लीस्थित स्पेनी दूतावासलाई पत्र लेखेको छ । संसदमै हंगामा मच्चिएपछि गृहमन्त्री रमेश लेखकले स्पेनको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएको प्रतिनिधि मण्डलबाहेक पनि कोही गएका छन् भने त्यसबारे छानबिन गर्न निर्देशन दिएका थिए। सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति नै गठन गरिएको थियो । जुन समितिले स्पेनमा भएको मानव तस्करीका विषयमा अध्ययन तथा अनुसन्धान अघि बढाएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयले भने प्रधानमन्त्रीसँग स्पेन गएका सबै फर्किसकेको बताइसकेको छ। भिजिट भिसामार्फत स्पेन गएकाहरूबारे असार ३१ गतेदेखि एसएसपी बोगटीको नेतृत्वको समितिले अनुसन्धान गरिरहेको हो। यसबीचमा सिआइबीले नयाँ दिल्लीस्थित स्पेनी दूतावासलाई पत्र लेखेको हो। नेपालमा स्पेनको दूतावास छैन।
प्रधानमन्त्री ओलीको भ्रमण दल असार १४ गते काठमाडौंबाट सेभिल्लाका लागि प्रस्थान गरेको थियो। इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्सका लागि प्रधानमन्त्री ओलीसहितको टोली त्यहाँ पुगेको थियो। उनीसहितको भ्रमणदल असार २० गते काठमाडौं आइपुगेका थिए। तर प्रधानमन्त्री ओली जानुअघि र पछि विभिन्न माध्यमबाट स्पेन गएकाहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार अहिले सिआइबीले लेखेको पत्रमा उक्त कार्यक्रमबारे को–को गए, उनीहरूको भिसा विवरण, कुन संस्था, कुन माध्यमबाट गए, उनीहरूको बस्ने व्यवस्था, आर्थिक पाटो लगायतबारे सोधिएको छ। ‘पत्र लेखिएको छ, जबाफ आएपछि अन्य विवरणहरू खुल्छन्,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओली बाहेकमात्रै ४९ जनाको भ्रमण दल हुनुपर्ने प्रहरीको आकलन छ। कतिपय नेपालबाट उडेको र कतिपय नयाँ दिल्ली हुँदै स्पेन भ्रमणका लागि गएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि यसबीच भिजिट भिसाको कुरा चर्किरहेको बेलामा कतिपय व्यक्ति फर्किन थालेको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।
अध्यागमनसँग समन्वय गरी कतिपय फर्किएका व्यक्तिहरूको विवरण समेत बुझ्ने काम भइरहेको छ । स्पेनमा गएका व्यक्तिहरूले कुनै ट्राभल एजेन्सी वा कुनै संस्थामार्फत नक्कली कागजात प्रयोग गरी भिसाको प्रक्रिया अघि बढाएको हुनसक्ने आशंका प्रहरीको छ। त्यस्ता संस्थाबाट भिजिट भिसामा जान चाहनेहरूले बालुवाटारमा रहेको बायोमेट्रिकल कन्सुलर कम्पनीमा कागजातहरू पेस गर्ने गरेका थिए।
यसरी पेस गरिएको कागजात नयाँ दिल्लीस्थित दूतावासमा पठाएपछि त्यहीँबाट भिसा उपलब्ध भएको थियो। तर स्पेन भ्रमणमै जान लागेकामध्ये ५५ जना व्यक्तिहरूको हकमा विभिन्न कागजात नक्कली परेको भन्ने सूचना दूतावासले पाएको स्रोतले बतायो।
हाल सिआइबीको छानविन समितिले विभिन्न विवरणहरू संकलन गर्ने काम गरिरहेको छ। अनुसन्धान जारी भइरहँदा एउटा ट्राभल एजेन्सी भने आफै समितिको सम्पर्कमा समेत आएको छ। उक्त एजेन्सीले आफ्नो कुनै पनि संलग्नता नभएको भन्दै छानबिनमा सघाउने भनेको छ। त्यसपछि समितिले केही कागजात बरामद गरी अनुसन्धान गरिरहेको छ।
एनजिओमाफर्त भएको थियो स्पेनमा मानव तस्करी, १० जना गायव
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तको चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका लागि रजिष्ट्रेसन गराएर उनीहरूलाई युरोप प्रवेश गराएको पाइएको छ । स्पेनबाट सम्पर्कमा आएका युवाका अनुसार ३० जुनदेखि २ जुलाई २०२५ सम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुलिएको थियो ।
स्पेनको कार्यक्रममा गएका मध्ये १० जना नेपाली स्वदेश नफर्केको विवरण नै सार्वजनिक भै सकेको छ । स्पेनमै रहनेहरूमा तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद रहेका छन्। ताप्लेजुङकी शिक्षाको फेसबुक गतिविधि हेर्दा युएनको कार्यक्रममा सहभागी भएकी उनी त्यसपछि जर्मनी पुगिसकेको देखिन्छ।
विकासका लागि वित्तसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू, विश्व तथा क्षेत्रीय संघसंस्थाहरू, वित्तीय एवं व्यापारिक निकायका प्रमुखहरू, व्यवसायी, नागरिक समाजका प्रतिनिधि र संयुक्त राष्ट्र संघ प्रणालीका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए। कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको विषयले संसदमा प्रवेश पाएको थियो।
दिल्लीस्थित दुतावासका अनुसार, स्पेन जान चाहने केही नेपाली नागरिकले आफूहरू स्पेनको सेभिया शहरमा युएन सम्मेलनमा सहभागी हुन लागेको दाबी गर्दै भिसा आवेदन दिएका थिए। दुतावासले गरेको प्रारम्भिक जाँचपछिको निष्कर्षअनुसार, तीमध्ये कोही पनि आफ्नो काम वा सम्मेलनबारे प्रष्ट रूपमा केही भन्न सकेका थिएनन्। भिसा आवेदकहरूसँग गैरसरकारी संस्थाको नक्कली सिफारिसपत्र र युएन सम्मेलनको भनिएको तर आधिकारिक रूपमा पुष्टि नभएको कागज मात्र भेटिएको दुतावासको सूचनामा उल्लेख छ।
यसरी नक्कली कागजात प्रयोग गरी स्पेन जान खोज्ने नेपालीहरूको कागजात शंकास्पद देखिएपछि दुतावासले एयरलाइन्सहरूलाई यात्रुहरूलाई बोर्डिङ अनुमति दिनुअघि सम्बन्धित अफिसरसँग समन्वय गर्न विशेष निर्देशन दिएको थियो। असार १४ गतेकै रात, युरोप जाने तयारीमा रहेका ५५ जना नेपाली यात्रुको कागजात नक्कली रहेको पाइएपछि विभिन्न विमान कम्पनीहरूले बोर्डिङ पास दिनुअघि नै रोकेका थिए।
दुतावासले अन्तिम समयमा उनीहरूको भिसा रद्द गरेको थियो। यति मात्र होइन, उही दिन बिहान दिल्ली विमानस्थलबाटै अर्को ९ जनाको समूह पनि कतार एयरवेजको विमान चढ्न खोज्दा रोकिएको थियो। उनीहरूको कागजात र यात्राको उद्देश्य पनि शंकास्पद पाइएको थियो। अहिले स्पेनमा रहेकाहरू भने दुतावासको निर्देशन र निगरानीलाई समेत छल्दै स्पेन पुगेको देखिन्छ। यस प्रकरणमा गैरसरकारी संस्थाहरूको संलग्नता पनि देखिएको छ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया